अधिवक्ता तथा समाजसेवी गोमा महराले मावि रझेनामा १ लाख १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
आफूले प्राथमिक शिक्षा अध्ययन गरेको विद्यालयमा आफ्नो जन्मदिनको अवसरमा उहाँले अक्षयकोष स्थापना गर्नुभएको हो ।
उहाँले विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेलाई उक्त राशीको चेक हस्तान्तरण गर्नुभएको थियो । यो रकमबाट एक छात्रालाई सहयोग पुग्ने गरी छात्रावृत्ति दिइने छ ।
विद्यालयको व्यवस्थापन समितिको बैठकवाट निर्णय भएवमोजिम छात्रावृत्ति प्रदान गरिने जानकारी दिंदै विद्यालयका प्राचार्य न्यौपानेले अक्षयकोष स्थापना गर्ने महरालाई धन्यवाद दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।