घोराही उपमहानगरपालिकामा नगर खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन भएको छ । आज उपमहानगरपालिकामा भएको सर्वपक्षिय छलफलबाट २५ सदस्यीय समिति गठन भएको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा विभिन्न क्षेत्रका प्रतिनिधीहरु रहने गरी नगर खानेपानी, सरसफाई स्वच्छता समन्वय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा उपप्रमुख सीता सिग्देल न्यौपाने र सदस्य सचिबमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा १९ वटै वडाका अध्यक्ष, सुरक्षा निकाय, वाताबरण तथा विपद व्यवस्थापन समिति, खानेपानी उपभोक्ता महासंघ, रेडक्रस, नेपाल पत्रकार महासंघ, दाङ जिल्ला उद्योग बाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, वडा प्रहरी प्रमुख, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधीका छन् ।
त्यसैगरी, प्यावसन, जिल्ला सहकारी संघ, महिला स्वास्थ्य स्वयमसेविका, वास फोरम, यातायात व्यवसायी समितिहरु, होटल व्यवसायी समिति, राप्ती साहित्य परिषद्, नागरिक समाज, युवा सञ्जाल, बाल सञ्जाल, दोहोरी प्रतिष्ठानका प्रतिनिधीहरु सदस्यमा रहेका छन् ।
बातावरण बिपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पानी नै संबृद्धीको आधार भएको बताउनुभयो । पानी विना कुनै पनि क्षेत्रलाई विकास र संबृद्धी सँग जोड नसकिने भन्दै घोराही उपमहानगरले कृत्रिम जलाशयहरु निर्माण गरेर पानीको स्रोत बचाउने अभियानमा रहेको बताउनुभयो ।
सरसफाई र स्वच्छता कायम गर्न पानीकै प्रयाप्तता आबस्यक पर्ने भएको उहाँको भनाई छ । सरसफाई गर्नुपर्छ भन्ने बिषय नै नभएको भन्दै उहाँले व्यक्तिबाटै सफाईको अभियान र वानीको विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य मानवहादुर विक, नेपाली कांग्रेसका उपसभापती कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, खानेपानी कार्यालयका प्रमुख गुणनिधी पोख्रेलले पानीको प्रयाप्तताले नै सरसफाई अभियान सफल हुने बताउनुभयो । कार्यक्रमको सहजिकरण इन्जिनियर तिलक न्यौपाने र प्रेम केसीले गर्नुभएको थियो ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।