• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाह्रकुने संरक्षण समितिको मतपरिणाम सार्वजनिकः अध्यक्षमा कांग्रेस र बाँकी प्यानलमा नेकपा विजयी




दाङको प्रशिद्ध धार्मिक स्थल बाह्रकुने संरक्षण समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा नेपाली कांग्रेसनिकट टेमन बुढा मगर विजयी हुनुभएको छ भने बाँकी सबै पदमा नेकपानिकट प्यानल विजयी भएको छ ।

हिजो भएको निर्वाचनमा कुल १ हजार ४ सय ५३ जना मतदाता रहेका थिए । जसमध्ये टेमन बुढाले ५३३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी रामबहादुर श्रेष्ठले ५०६ मत प्राप्त गर्नुभएको छ ।

बाँकी पदमा श्रेष्ठको प्यानलबाट सदस्यहरु बिजयी भएका छन् । जसअनुसार धनराज पुनले ५४०, अमरबहादुर गुरुङले ५३०, लक्ष्मी घर्ती मगरले ५२५, सुन्तली चौधरीले ५०९, आइतेबहादुर बिकले ५००, , धनसिंह श्रेष्ठले ५०२, प्रकाश घर्तीले ५१७, पुर्णबहादुर बिकले ४९१, श्रृजना कवरले ४९७ र दिलकुमारी घर्ती मगरले ५२१ मत प्राप्त गर्नुभएको छ ।

२ सय १६ जना आजीवन सदस्य र १ हजार २ सय ३७ जना साधारण सदस्य गरी १ हजार ४ सय ५३ जना मतदाता रहेका थिए । तर १ हजार ४९ मत मात्रै खसेको हो ।

घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने बराहक्षेत्र संरक्षण तथा संबद्र्धन धार्मिक समितिको नयाँ नेतृत्वका लागि दुई प्यानल चुनाबमा उत्रिएका थिए । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस पार्टीको दुई प्यानल बनाएर उनिहरु चुनावमा उत्रिएका हुन् ।

Facebook Comments