• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाह्रकुने संरक्षण समितिमा निर्वाचन, १०४९ मत खस्यो




दाङको प्रशिद्ध धार्मिक स्थल बाह्रकुने संरक्षण समितिको नयाँ नेतृत्वका लागि आज मतदान भएको छ । कुल १ हजार ४ सय ५३ जना मतदाता रहेको समितिमा १ हजार ४९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने बराहक्षेत्र संरक्षण तथा संबद्र्धन धार्मिक समितिको नयाँ नेतृत्वका लागि दुई प्यानल चुनाबमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस पार्टीको दुई प्यानल बनाएर उनिहरु चुनावमा उत्रिएका हुन् ।

नेकपा समर्थितबाट रामबहादुर श्रेष्ठको नेतृत्व र नेपाली कांग्रेसको तर्फबाट टेमन बुढा मगरको नेतृत्वमा दुई समुह निर्बाचनमा उत्रिएका हुन् । श्रेष्ठको प्यानलबाट सदस्यहरुमा अमरबहादुर गुरुङ, धनसिंह श्रेष्ठ, प्रकाश घर्ती, आइते बिक, धनराज पुन, पुर्णबहादुर बिक, लक्ष्मी घर्ती, श्रृजना कवर, दिलकुमारी घर्ती मगर र सुन्तली चौधरी चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

यस्तै नेपाली कांग्रेस समर्थीत बुढाको नेतृत्वमा जगतबहादुर बम्पाल, माधव केसी, धर्म हमाल, तेजबहादुर थापा, दिलबहादुर बुढाथोकी, कमानसिंह बिक, रिना बस्नेत, गायत्रा रोका, कमला गाहा र बिन्दु रोका सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

२ सय १६ जना आजीवन सदस्य र १ हजार २ सय ३७ जना साधारण सदस्य गरी १ हजार ४ सय ५३ जना मतदाता रहेका थिए । तर १ हजार ४९ मत मात्रै खसेको छ । मतदान पछि मुचुल्का तयार पारि मतपेटीकाहरु घोराही ल्याईएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको सभाकक्षमा आजै राती देखी मतगणना हुने निर्बाचन समितिका संयोजक दयाजी रोका मगरले जानकारी दिनुभएको छ । विहान ८ बजे देखी बेलुका ५ बजे सम्म मतदान भएको थियो ।।

Facebook Comments