• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनौलो विहानी टोल विकास संस्था नवलपुरमा नयाँ कार्य समिति




घोराही १८ नवलपुरस्थित सुनौलो विहानी टोल विकास संस्थाको अधिवेशनबाट सूर्यचन्द्र रानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको उपाध्यक्ष शान्ता चौधरी, सचिव आशिष राना, सहसचिव नारायणी पन्त र कोषाध्यक्ष पद्मा पोख्रेल रहनुभएको छ । सदस्यहरुमा नारायणी कृष्ण श्रेष्ठ, कुमार बुढा, रिता चौधरी, उषा शाह, कमला ओली र जमुना घर्ती रहनुभएको छ ।

अविधेशनले सल्लाहकार पनि चयन गरेको छ । जसमा डा. हिमकर ज्ञवाली, बिष्णु पुन, मोहन योगी, मधुसूदन न्यौपाने र लालबहादुर राना रहनुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि रामप्रसाद जैशीको संयोजकत्वमा काशीनाथ पोख्रेल र नरेन्द्र केसी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

समितिले सर्वसम्मत कार्य समिति र सल्लाहकार समिति चयन गरेको हो ।

निवर्तमान अध्यक्ष मोहन योगीको अध्यक्षता र वडा सदस्य बुद्धिप्रकाश चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरी र पत्रकार नरेन्द्र केसीले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम सञ्चालन निवर्तमान सचिव मधुसूदन भट्टराइले गर्नुभएको छ ।

कार्यक्रममा सल्लाहकार डा. हिमकर ज्ञवालीले सडकबत्तीका लागि ५ हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

यसैबीच शनिवार नै नवलपुर बाल क्लब पुनर्गठन गरी ध्रुव चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

Facebook Comments