• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
११७ बर्षकी बाटुली आमा, सम्मान गर्दा प्रचण्ड पनि दंग




मानिसका लागि एक सय बर्ष पूरा गर्नु निकै दुर्लभ मानिन्छ तर नुवाकोट जिल्लामा एक जना ११७ बर्षकी आमा अहिले पनि स्वस्थ र स्फूर्तिका साथ बाँचिरहनुभएको छ ।

ककनी गाउँपालिका ८ निवासी बाटुली लामिछानेको जन्म १९५८ चैत १० गते हो ।

उहाँलाई ज्येष्ठ नागरिक महिला धरोहरको रुपमा अभिलेख गर्दै मानव जातिका लागि जीवन प्रत्यासाको ऐतिहासिक जीवित उदाहरणको रुपमा सम्मान गरिएको छ ।

ककनी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को ज्येष्ठ नागरिक कार्यक्रमअन्तर्गत ५ हजार नगद, प्रमाणपत्र र दोसल्लासहित आजदेखि शुरु भएको पोष्टबहादुर बोगटीस्मृति कृषि प्रदर्शनी मेलाको अवसरमा सम्मान गरिएको हो । पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानको आयोजनामा मेला शुरु भएको छ ।

प्रमुख अतिथि पूर्वमप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँलाई सम्मान गर्नुभएको हो । ११७ बर्षीया आमालाई सम्मान गर्न पाउँदा प्रचण्ड पनि निकै भावुक हुनुभएको थियो ।

हरेक नागरिक बाटुली आमाजस्तै स्वस्थ भएर लामो कालखण्ड बाँच्न सक्ने गरी अब राज्यले सेवा सुविधाको वातावरण बनाउन सक्नु नै साँचो समाजवाद र आफूहरुले देखेको सपना भएको उहाँले बताउनुभयो ।

Facebook Comments