• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नमूना युवा संसदमा युवा राष्ट्रपति, युवा सभामुख




रुकुम पश्चिम मुसीकोट नगरपालिकामा युवा सम्मिलित संसद् गठन गरि नमुना युवा संसद बैठक सम्पन्न भएको छ । शुक्रबार नमुना युवा संसद गठन गरि शनिबार नमुना युवा संसदको बैठक बसेको हो । मुसीकोट नगरपालिकाको आर्थिक सहयोग र सिर्जनशिल युवा संजालले कार्यक्रमको आयोजना गरेको थियो ।

स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा सहभागिता खोज्ने उद्श्यले नमूना संसद बैठकको कार्यक्रम सञ्चालन गरिएको सिर्जनशिल युवा संजालका अध्यक्ष बिशाल बिष्टले बताउनुभयो । भविष्यमा नेतृत्वतमा सक्षम जनशक्ति पुर्याउने लक्ष्यका साथ सञ्चालित कार्यक्रममा १६ देखि २४ वर्ष उमेरका युवाहरुको सहभागी रहेको थियो ।

युवालाई नमूना संसद् स्थापना र अभ्यासका लागि नेतृत्व विकास तथा नमुना युवा संसद सञ्चालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षित गरिएको प्रशिक्षक ओपेन्द्रलाल कामीको भनाई छ । सबै चरण पूरा गरी शुक्रबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन, सरकार गठन र प्रतिपक्षसमेत तयार गरि शनिबार नमुना युवा संसद बैठक बसेको हो ।

युवाहरुलाई दुई भागमा विभाजन गरी बहुमत युवाहरुबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीहरु चयन गरिएको थियोे भने अल्पमतका युवाहरुले प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए ।

नमुना युवा संसदमा सभामुखले संसदको कारवाही अगाडि बढाएका थिए भने विपक्षी दलले प्रश्न उठाउने र सत्तापक्षका प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिएका थिए ।

कार्यक्रममा नगरभित्रका ५० जना युवालाई व्यवस्थापिका र कार्यपालिका अन्तर्गतका संसद्, सरकार गठन, सत्तापक्ष–प्रतिपक्षको भूमिका दिइएको थियो ।

साथै शुक्रबार देखि सुरुभएको कार्यक्रमको शनिबार समापन गरिएको छ । पहिलो दिन संसद बैठकको तयारी गरिएको र आज बैठक बसि सके पछि कार्यक्रमको समापन गरिएको हो ।।

Facebook Comments