• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्पादनसँग जोडिनु अबको शिक्षा नीतिको सार हुनेछः गौतम




शिक्षा मन्त्री गिरीराजमणी पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले विद्यार्थीको पढाई उत्पादन संग जोड्न आग्रह गर्नु भएको छ । तुलसीपुर स्थित गुरु जजुर माध्यमिक विद्यालयले रक्षाचौरले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले यस्तो आग्रह गर्नु भएको हो ।

विद्यालयमा अध्ययनरत कृषिवाली विज्ञानका विद्यार्थीहरुसंग भेटघाट गर्दै गौतमले शिक्षा नितीलाई परिमार्जन गर्नु अहिलेको मुख्य आबश्यकता भएको बताउँदै उत्पादन व्यवहारसंग विद्यार्थीलाई लैजानु पर्ने बताउँनुभयो ।

प्रमुख सल्लाहकार गौतमले सरकारी जागिर सबैलाई सम्भव नभएको वताउँदै कृषि उत्पादन संगै यस सम्बन्धी पढाईलाई अगाडी बढाउँनुपर्ने उल्लेख गर्नुभयो । कृषिवाली विज्ञान पढ्ने विद्यार्थीहरुले स्कुलमा पढ्ने पढेको कुरा व्यवहारमा लागु गर्न एउटा खेतमा भएपनि तरकारी खेति गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपालको शिक्षा संरचना शिक्षकले ब्ल्याक बोर्डमै आलु फलाउँने परिपाटी भएको वताउँदै तत्काल त्यसको अन्त्य गर्नुपर्ने वताउँनुभयो । स्कुलमा सबैले काम गर्ने वातावरण तयार गर्नुपर्ने वताउँदै गौतमले जागिरे मानसिकता हटाउँनु पर्ने बताउँनुभयो ।

त्यस अबसरमा गौतमलाई विद्यालयका पुर्व प्रअ.विष्णुप्रसाद आचार्य विद्यालयको अतिक्रिमित जमिन उपलव्ध पहल गरिदन आग्रह गर्नुभयो । त्यस अवसरमा गौतमले आगामी बर्ष बिज्ञानको ल्यावका लागि सामग्री उपलव्ध गराउँने प्रतिबध्ता व्यक्त गर्नुभयो ।

Facebook Comments