• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लिटल एञ्जलमा लागु औषध नियन्त्रणसम्बन्धी सचेतीकरण




घोराहीस्थित लिटल एञ्जल स्कूलमा लागु औषध नियन्त्रणसम्बन्धी सचेतीकरण गरिएको छ ।

लागु औषध दुव्र्यसनीले समाजलाई नै नकारात्मक प्रभाव पार्ने भएकाले सबैको सहयोगबाट मात्रै यसलाई न्यूनिकरण गर्न सकिनेमा जोड दिइएको हो ।

विद्यालय तहबाट नै लागु औषध सम्बन्धी सचेतीकरणले समाजमा सकारात्मक काम हुने भएकाले विद्यालयबाटै यसको शुरुवात हुनु आवश्यक रहेको भन्दै कार्यक्रमको आयोजना गरिएकोे विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिनु भयो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई गरिएको सचेतीकरणमा अत्यन्तै चासोका साथ लिएको र आफुहरुमा भएका केही अनभिज्ञता प्रष्ट गर्न मद्दत पुगेको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताएका छन् ।

यस्तै, औषध दुव्र्यसन र मादक पदार्थ अहिले समाजमा चुनौतीका रुपमा देखापरेको भन्दै त्यो नियन्त्रण गर्न सबै लाग्नु पर्ने कार्यक्रमको सचेतीकरण गर्नु भएका बसन्त पुनले बताउनु भयो ।

Facebook Comments