• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डोल्पामा सडक निर्माणका क्रममा दुइ मजदूर गम्भीर घाइते, प्रभाकरको पहलमा हेलिकोप्टरबाट उद्दार




डोल्पाको दुर्गम गाउँमा सडक निर्माणका क्रममा माथिबाट पहिरो आउँदा दुइ जना मजदूर गम्भीर घाइते भएका छन् ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ५ गोतामकोटका वीरमान सार्की र आठबीसकोट नगरपालिका ३ स्यालाखदीका चक्रबहादुर देवकोटालाई उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरले नेपालगञ्ज पु¥याएको छ ।
डोल्पाको शे फोक्सुण्डो ताल नजिकै सडक खन्ने क्रममा आज बिहान १० बजेतिर माथिबाट आएको पहिरोमा परेर सार्की र देवकोटा घाईते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

दुर्घटनालगत्तै पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा नेपाली सेनाको हेलिकोप्टर पठाएर घाइतेहरुको उद्दार गरिएको छ ।

हेलिकोप्टरबाट उद्दार गरेर दुबै घाइतेलाइ नेपालगञ्ज पुर्याइएको प्रभाकरका स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिनुभयो ।

घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments