• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको तयारी पूरा, यस्ता छन् कार्यक्रम




पोष्टबहादुर स्मृटि प्रतिष्ठानको आयोजनामा उहाँको गृह जिल्ला नुवाकोटमा पोष्टबहादुर बोगटीस्मृति कृषि प्रदर्शनी मेला लाग्ने भएको छ ।

नुवाकोट जिल्लाको २ नगरपालिका र ९ गाँउपालिकाको स्थानीय पहिचान र विशेषता सहितका १२ वटा स्टल रहने छन् । नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा संस्थानहरु सहितको कृषिसँग सम्बन्धित स्टल रहनेछन् ।

त्यस्तै कृषि र पर्यटनसँग सम्बन्धी स्थानिय पहिचानसहितका महत्वपूर्ण वस्तुहरुको स्टल पनि राखिने भएको छ ।

प्रदर्शनीका कार्यक्रम यस्ता छन्–

–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबाट ४ गते शनिवार १२ बजे उद्घाटन हुने

– ५ गते पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतासहित मेला

–५ गते पूर्वमन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता अर्जुन नरसिंह केसीको विशेष आतिथ्यतासहित मेला
–६ गते रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतासहित मेला

–७ गते पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतासहित मेला

–८ गते कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यतामा मेला समापन

Facebook Comments