• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा नेकपाको एकता घोषणा अन्तिम तयारीमा




रुकुम (पूर्व) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता घोषणा अन्तिम तयारीमा पुगेको छ । जिल्लाको तीन स्थानीय तह मध्य भूमे र सिस्ने गाउँपालिकामा एकता घोषणा गरिसकेको हो । पुथा उत्तरगंगा गाउँपालिकामा भने यही जेठमा घोषणा गर्ने गरी तयारी भएको छ । सबै जिम्मेवारीको बाँडफाँड भइसकेकोमा घोषणा गर्ने मात्र बाँकी रहेको (नेकपा) रुकुम (पूर्व)ले जनाएको छ ।

जिल्ला तहको एकीकरणका लागि केन्द्र स्तरको कार्यदल र स्थानीय तहको एकीकरणका लागि प्रदेशस्तरको कार्यदल बनाइएको थियो । पूर्व एमाले र पूर्व माओबादी केन्द्रबीच पार्टी एकताका लागि पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुङ्ग्याइएको हो ।

कार्यदलले टुङ्ग्याए अनुसार एक सय पैतीस सदस्यीय जिल्ला कमिटीमा पूर्व माओबादी केन्द्रबाट एकासी पूर्व एमालेबाट चौवन्न सदस्य रहनुभएकोमा जिल्ला अध्यक्षमा पूर्व माओबादी केन्द्रबाट मेघबहादुर श्रेष्ठ र सचिवमा पूर्व एमालेबाट सतमान पुन रहनुभएको छ । एकतीस वडा रहेको यस जिल्लामा एक्काईस पूर्व माओबादी केन्द्र र दश पूर्व एमालेले पाउने गरी सहमति गरिएको छ ।

त्यहाँ पनि अध्यक्ष र सचिव फरक धारले पाउनेगरी सहमति भएको बताइएको छ । यही जेठ ६ गते जिल्ला कमिटीको शपथ ग्रहणको साथै बैठक बस्दै छ । उक्त बैठकले वडाहरुको नेतृत्वका लागि व्यक्ति तोक्ने लगायतको काम छिट्टै पूर्णता पाउने जनाइएको छ ।

त्यस्तै तीनवटा स्थानीय तह रहेको यस जिल्लामा पूर्व माओबादी केन्द्रलाई दुई र पूर्व एमालेलाई एक स्थानीय तहको नेतृत्वको बाँडफाँड गरिएको नेकपाका जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठले बताउनुभयो । अध्यक्ष र सचिव फरक–फरक समूहले पाउने गरी जिम्मेवारीको टुङ्गो लगाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

जसमा पूर्व माओबादी केन्द्रले पुथा र भूमे नेतृत्व गर्नेछ भने पूर्व एमालेले सिस्ने गाउँपालिकाको नेतृत्व पाउने भएको छ । भूमेमा अध्यक्ष पूर्व माओबादी केन्द्र तर्फबाट रुपधन कामी, सिस्नेमा पूर्व एमाले तर्फबाट महेन्द्र केसी र पुथामा पूर्व माओबादी केन्द्र तर्फबाट सुरुल पुनलाई जिम्मेवारी दिइएको छ भने सचिव पदका लागि भूमेमा पूर्व एमालेको तर्फबाट दलबहादुर बिक, सिस्नेमा पूर्व माओबादी तर्फबाट मधुरजङ्ग खड्का र पुथामा पूर्व एमाले तर्फबाट कुलबहादुर आली रहनुभएको सचिव सतमान पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पचहत्तर सदस्यीय सबै पालिका स्तरीय कमिटीमा पूर्व माओबादी केन्द्रको तर्फबाट पैतालीस र पूर्व एमालेको तर्फबाट तीस जना सदस्यहरु रहनुभएको छ ।

भूमेमा गत बैशाख २४ गते र सिस्नेमा २५ गते एकता घोषणा तथा शपथ ग्रहण गरिदिसकेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री द्वय गणेशमान पुन, दलजित श्रीपाली त्यसैगरी केन्द्रीय सदस्य खेममान खड्का, नेकपा ५ नम्बर प्रदेशका सचिव बलराम अधिकारी, नेकपा प्रदेश सदस्य रामसुर बुढा मगर, नेकपाका प्रदेश सदस्य टोपबहादुर ओली नेकपाका जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ, सचिव सतमान पुन लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments