• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल मगर सांस्कृतिक संघको अध्यक्षमा गगन




नेपाल मगर सांस्कृतिक संघ दाङको चौथो जिल्ला अधिवेशन घोराहीमा सम्पन्न भएको छ ।

अधिवेशनले गगन मगरको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्ष शान्ता घर्ती मगर, सचिव निचा पुन मगर, सहसचिव सरस्वती बुढा मगर र कोषाध्यक्ष खुमाकुमारी घर्ती मगर रहनुभएको छ ।

निवर्तमान अध्यक्ष अञ्जनी पुनको अध्यक्षता र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश इञ्चार्ज नन्द घर्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन, संघका निवर्तमान अध्यक्ष कृतिमान पुन, सचिव मुक्त बुढा, नेपाल मगर सांस्कृतिक संघका सल्लाहकारद्वय प्रकाशसिंह पुन र सुरश बुढाले शुभकामना दिनुभएको थियो ।

Facebook Comments