• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङलाई शैक्षिक हब बनाउने अभियान उत्कर्षमाः गौतम




शिक्षामन्त्री गिरिराजमणि पोख्रेलका प्रमुख सल्लाहकार जीवन गौतमले दाङलाई शैक्षिक हव बनाउने आफ्नो अभियान उत्कर्षमा पुगेको बताउनुभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)को आंगिक शिक्षालयको रुपमा स्थापित दाङ घोराहीको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुसँगको अन्तक्र्रियामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले दाङलाई शैक्षिक हवको रुपमा बिकास गरेर अगाडि बढाउन खोजिएको बताउनुभयो । त्यसका लागि सामुदायिक विद्यालयको स्तर सुधार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, प्राविधिक शिक्षालय, दाङमै स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेको जानकारी दिंदै उहाँले अब केही महत्वपूर्ण काम हुने अन्तिम चरणमा रहेकाले दाङलाई शैक्षिक हव बनाउने अभियान पनि उत्कर्षमा पुगेको बताउनुभयो ।

यो शिक्षालयमा आगामी शैक्षिकसत्रदेखि फार्मेसी, आर्किटेक्ट र होटल ब्यवस्थापन पढाइ हुने भएको छ । अहिले यो शिक्षालयमा वन विज्ञान र फूड एण्ड डेरी पढाइ भइरहेको छ ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गौतमले राष्ट्रबाटै शैक्षिक बेरोजगारी हटाउने उद्देश्यले देशका विभिन्न ठाउँमा आंगिक शिक्षालय संचालन भइरहेकाले दूरदराजका गरिव तथा बिपन्न बर्गका विद्यार्थीहरुका लागि प्राबिधिक शिक्षालय बरदान भएको बताउनुभयो ।

नेपालको इतिहासमा सिटिइभिटीद्वारा संचालित शिक्षालयहरु धेरै अगाडिबाट नै संचालित भए पनि निश्चित स्थानमा हुँदा दूरदराजका विद्यार्थीले पढ्न नपाएकाले अब गाउँकेन्द्रित गरिएको उहाँले बताउनुभयो ।

हाल गरिव तथा बिपन्न बर्गका विद्यार्थीहरुका लागि निशुल्क तथा कम शुल्कमा वन बिज्ञान तथा निशुल्क रुपमा फुड एण्ड डेरी कार्यक्रम संचालनभइरहेको शिक्षालयमा दुवै कक्षाका विद्यार्थीहरुसँग उहाँले अन्तक्र्रिया गर्नुभएको थियो ।

Facebook Comments