• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुत्केरी ब्यथा लागेको तीन दिनपछि हेलिकोप्टरबाट उद्दार




प्रतिनिधिसभा सदस्य तथा पुर्व खेलकुद मन्त्री कमला रोकाको पहलमा दुर्गम हिमाली जिल्ला रुकुम पूर्वमा एक सुत्केरीको उद्दार गरिएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालीका वडा ८ चारगाँउकी मलिना मल्ललाई गाँउमै सुत्केरी हुन नसकेपछि आज बिहिबार हेलिकप्टर मार्फत उद्धार गरेर नेपालगंजस्थित भेरी अस्पतालमा ल्याइएको छ । सुत्केरी व्यथा तीन दिनदेखि लागेपनी उनले वच्चालाई जन्म दिन सकेकी थिइनन् ।

तर, हेलिकप्टरबाट उद्धार गरिएपनि शिशुको ज्यान भने जोगाउन नसकिएको नेता रोकाले वताइन् ।

हेलिकप्टरमै शिशुको जन्म भएपनि शिशु मृत अवस्थामा जन्मेको पारिवारीक स्रोतले जनाएको छ । सुत्केरी मल्लको ज्यान समेत जोखिममा रहेकाले अहिले भेररी अस्पताल नेपालगंजमा अपचार भइरहेको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार मल्लको उद्धार गरिएको हो ।

प्रतिनिधिसभा सदस्य रोकाले भनिन्, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सेवा लिन नितीगत व्यवस्था एकदमै झण्जटीलो रहेछ । सेवा आपतकालिन दिनुपर्ने भएपनि सेवा एकदमै झण्जटीलो भएकाले यसबारे सरकारले बेलैमा ध्यान दिन सकेमा अकालमै कसैले ज्यान गुमाउनु पर्ने अवस्था नआउने रोकाको वताइन् ।

Facebook Comments