• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा झण्डै १८ सय अपराधी फरार, विवरण स्थानीय तहमा




दाङमा अदालतबाट दोषि ठहर भएका झण्डै १८ सय अपराधी फरार सूचिमा रहेका छन् । दाङ देउखुरी जिल्ला अदालतले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि २००८ साल देखी २०७५ सम्मका फरार अपराधीहरुको नामावली सहितको सूचि सार्वजनिक गरेको हो ।

विभिन्न अपराधमा संलग्न भई कैद तथा जरिवाना भोगेका तर फरार रहेका १ हजार ७ सय ९० जना अपराधी फरार सूचिमा रहेको तथ्यांक अदालतले सार्वजनिक गरेको हो ।

कैद लागेका कैद तथा जरिवाना फैसला भएका १ हजार ७ सय ७२ जना नेपाली र १८ जना बिदेशी गरी १ हजार ७ सय ७२ जना अपराधी फरार सूचिमा देखिएका छन् । कैद सजाय तोकिएका २ सय ७९ नेपाली र ९ विदेशी रहेका छन् ।

जरिवाना तोकिएका १ हजार ८५ नेपाली र ५ जना बिदेशी रहेका छन भने कैद तथा जरिवाना दुबै फैसला भएका ४ सय ८ नेपाली र ४ बिदेशी रहेका छन् ।

अदालतले २००८ साल देखी हाल सम्म फैसला भएका तर फरार रहेका अपराधीहरुको नामावली सहितको बिबरण दाङका १० वटै स्थानिय तहहरुमा ठेगाना सहित पठाएको फैसला कार्यान्वय अधिकारी वसन्तराज जोशीले जानकारी दिनुभयो ।

सबैभन्दा पुरानो फैसलामा दंगिशरण गाउँपालिका वडा नम्बर ३ घर भएका कुमलाल कवर योगीलाई आगलागिको मुद्धामा ४ बर्ष कैद सजाय तोकिए पनि उहाँ फरार सूचिमा रहनुभएको छ ।

यसैविच चालु आर्थिक बर्षमा फैसला कार्यान्वयनका लागि प्रहरी र अदालतले ५७ जना अपराधीलाई पक्राउ गरेको छ । उनिहरुबाट ६७ बर्ष १ महिना २६ दिन कैद र १५ करोड ९१ लाख ९५ हजार १ सय २४ रुपैयाँ जरिवाना संकलन भएको फैसला कार्यान्वयन अधिकारी जोशीले जानकारी दिनुभयो ।

यसैविच स्थानिय तहहरुलाई पठाईएको बिबरण अनुसार उनिहरुलाई कुनै पनि सेवा सुबिधा पाउनु पूर्व सजाय भुक्तानका लागि सहयोग गर्न अदालतले आग्रह गरेको छ । दोषिलाई साजय नदिई कुनै सेवा सुबिदा दिईएको पाईएका सेवा दिने जनप्रतिनिधी र कर्मचारीलाई कार्वाहीको व्यवस्था रहेको समेत कानुनमा उल्लेख छ ।।

Facebook Comments