• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको जसबहरुमा सहमति (नामावलीसहित)




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

विद्यार्थी संयोजक– ऐन महर
सहसंयोजक– रञ्जित तामाङ

युवा संयोजक– रामप्रसाद सापकोटा ‘दीपशीखा’
सहसंयोजक– रमेश पौडेल

महिला संयोजक– अमृता थापामगर
सहसंयोजक– सीता पौडेल

पत्रकार असंयोजक– महेश्वर दाहाल
सहसंयोजक– गणेश बस्नेत

बुद्धिजीवी संयोजक– डा. दिनेशचन्द्र देवकोटा
सहसंयोजक– कृष्ण केसी

मजदूर संयोजक– विनोद श्रेष्ठ
सहसंयोजक– जगत सिम्खडा

जनवर्गीय संगठनका सवै नाम टुंगाएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ । नेकपामा यस अघिनै इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनमा एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठनको संयोजकमा तत्कालिन एमालेका शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा तत्कालीन माओवादीका हरि पराजुली चयन भएका छन् ।

त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा तत्कालीन एमालेका मीनबहादुर शाही र सहसंयोजकमा माओवादीका हुकुम पोखरेल सर्वसम्मत भएका थिए । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सर्वसम्मत सिफारिस भएका थिए ।

नेकपामा किसान महासंघ, कर्मचारी संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, भूतपूर्व सैनिक संगठन, जनजाति महासंघ, जनसांस्कृतिक महासंघ, दलित संगठन, उद्योग व्यवसायी संगठन, मुस्लिम संगठन र मधेसी संगठनको पनि नेतृत्व टुंगाउने गरी छलफल भएको छ ।

सबै जनवर्गीय संगठनको नेतृत्व टुंगाएर भोलि पार्टी एकताको एक बर्ष पुगेको अवसरमा घोषणा गर्ने नेकपाको तयारी छ ।

सचिवालय सदस्यका अनुसार बैठकले निर्णय गरेका विषय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको ती सदस्यले जानकारी दिए । अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।

Facebook Comments