• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थी दिवसमा ४८ जनाद्वारा रक्तदान




अनेरास्ववियु दाङले ५५ औं बिद्यार्थी दिवसको अबसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

अनेरास्ववियु दाङका कार्यबाहक अध्यक्ष अभिषेक बिएमको अध्यक्षता,नेकपा प्रदेश कमिटी सदस्य मेनका पोख्रेलको प्रमुख आथित्यता,अनेरास्ववियुका पुर्ब सचिवालय सदस्य एबम नेकपा दाङका जिल्ला सदस्य विवेक श्रेष्ठ र अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य घनश्याम पुनको विशिष्ट आथित्य एबम घोराही नगर कमिटी सदस्य अर्जुन पन्थी, राष्ट्रिय परिषद सदस्य सन्तोष बाठा, साबित्रा बिके, रक्तसन्चार सेवा केन्द्रका प्रमुख दिलिप न्यौपाने, अनेरास्ववियुका पुर्ब नेता विशाल के सि, अनेरास्ववियु दाङका सहसचिव नरेश अधिकारी, अनेरास्ववियु जिल्ला सदस्य लक्ष्मण गिरि, राजन घर्ती मगर, गनेश खड्का, कपिल बिसि, महेन्द्र बहुमुखी क्याम्पसका नेता संगीत अधिकारी, जनता क्याम्पस बिजौरी दाङका अध्यक्ष दिवस रेग्मी,राप्ती शिक्षा क्याम्पस का अनेरास्ववियु अध्यक्ष निरन्जन पाठकको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य मेनका पोख्रेलले अब बिश्व बजारमा आबस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा प्रणालीको बिकाश गर्नुपर्ने र त्यही बाटोमा अनेरास्ववियु दाङ हिड्नुपर्ने धारणा राख्नु भएको थियो । नेकपा दाङका सदस्य विवेक श्रेष्ठ, का. अध्यक्ष अभिषेक बिएम, सचिब बिराज डिसि, रापस सन्तोष बाठा मगर लगायत ४८ जनाले रक्तदान गर्नु भयको थियो।

अनेरास्ववियु दाङले कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुने बिद्यार्थी साथीहरूलाई धन्यवाद दियको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिब बिराज डिसिले गर्नु भएको थियो भने स्वागत मन्तव्य गणेश खड्काले राख्नु भएको थियो।

Facebook Comments