• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सानीभेरीमा सार्वजनिक सुनुवाइः योजना निर्माणमा वस्तीस्तरबाटै ध्यान दिनुपर्ने




रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सानीभेरी गाउँपालिका र गाउँपालिका अन्तर्गतका विषयगत कार्यालयहरुबाट आर्थिक वर्ष ०७५/०७६ मा भएका सेवा प्रवाहका विषयमा प्रगति विवरण पेश तथा सेवा प्रवाहमा भएका कमि कमजोरीहरुको बारेमा छलफल गरिएको थियो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको सेवा प्रवाहको प्रगति विवरण प्रमुख प्रशासकिय अधिकृत कुमारी रिमा मल्लले सार्वजनिक गर्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृतले सार्वजानिक गरेको प्रगति विवरणमा उठेका जिज्ञासाका साथै सेवाग्राहिले भोग्नुपरेको समस्याको बारेमा सेवा ग्राहिबाट प्रश्न, सल्लाह सुझाहरु आएका थिए भने उठेका प्रश्नहरुमा सम्बन्धित व्यक्तीहरुले जवाफ दिए ।

सेवाग्राहीका प्रश्नहरुको उत्तर गाउँपालिका अध्यक्ष नरबादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकिय अधिकृत कुमारी रिमा मल्ल, विषयगत शाखाका प्रमसखहरु, ११ वटा वडाका वडा अध्यक्षहरु, सहलेखापाल कविन्द्र पुनले दिनुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले योजना कार्यान्यनको काम छिटो हुनुपर्ने कर्मचारीहरुलाई प्रभावकारी रुपमा परिचालन गराउनु पर्ने ,कृषि पशु लगायतका सेवा कार्यालयका कर्मचारीलाई कृषकको समस्या वुझ्न फिल्डमा खटाईनुपर्ने, सडक सञ्जालमा वृहत योजना बनाएर काम अघि बढाउनु पर्ने , कृषि क्षेत्रमा बजेट कम विनियोजन भएको, लगायतका विषय उठान गरेका थिए ।

जनस्तरबाट उठेका विषयलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष नरबहादुर पुनले योजना छनौट वडा तथा बस्ति स्तरबाटै हुने भएकाले वास्तविक समस्या तथा मागको विषयमा वस्तीस्तरबाटै सोचेर निर्णय लिनुपर्ने वताउनुभयो । आगामी आ.ब.मा योजनाबद्ध विकासलाई प्राथमिकतामा राखी योजना छनौट गरिने लगायतका विषय राख्दै सहभागिको जिज्ञासा सम्बोधन गर्नु भएको थियो ।

सानीभेरी गाउँपालिकाको आयोजना, सुआहारा कार्यक्रमको आर्थिक सहयोग र सिर्जनशिल युवा सञ्जाल नेपालको प्राविधिक सहयोमा वडा नं ७ छोटेबगरको शहिद स्मृति भवनको हलमा भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि, उपभोक्ता समितिहरु, युवा तथा महिला लगायत स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।

त्यस्तैकार्यक्रमा स्वास्थ महिला तथा बालबालिका कृषि तथा पशुसेवा कार्यालय लगातका विषयगत शाखाका कर्मचारी वडा सचिवहरुको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण देब कुमार ओलीले गर्नुभएको थियो ।।

Facebook Comments