• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वराह क्षेत्र संरक्षण समितिमा चुनावी चटारो, प्रचार प्रसार तीब्र




वराह क्षेत्र संरक्षण तथा सम्बर्धन धार्मिक समितिको जेठ ४ गते हुने चुनावका लागि प्रचार प्रसार तीब्र पारिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस समर्थित छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै १ जनाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

यसैबीच रामबहादुर श्रेष्ठ नेतृत्वको नेकपानिकट प्यानलले चुनाव प्रचार तीब्र बनाएको छ । अध्यक्षमा श्रेष्ठ तथा सदस्यहरु अम्मरबहादुर गुरुङ, धनसिंह श्रेष्ठ, प्रकाश घर्ती, आइते बिक, धनराज पुन, पूर्णबहादुर बिक, लक्ष्मी घर्ती मगर, सिर्जना कवँर, दिलकुमारी घर्ती र सुन्तली चौधरी चुनावी मैदानमा छन् ।

यसैबीच चुनाव प्रचारका क्रममा घरघरमा जाँदा मतदाताले अग्रिम बधाइसहित स्वागत गर्ने गरेको प्रचार समिति संयोजक प्रकाशसिंह पुनले जानकारी दिनुभयो । सोही क्रममा भ्यूडर टोलवासीले पनि स्वागत गरेका छन् । टोलका अगुवा शिपप्रसाद बम्पालको नेतृत्वमा उम्मेदवारहरुलाई खादा ओडाएर स्वागत गरिएको थियो ।

चुनाव जितेपछि मन्दिर क्षेत्रको विकासका लागि नयाँ योजना अघि सार्न पनि स्थानीयले माग गरेका छन् ।

यो प्यानलले ज्यामिरे दह र मौलाकोट जोडेर पर्यकीय क्षेत्र बनाउने, प्रवेशद्वारलाई आकर्षक बनाउनेलगायत १८ वटा एजेण्डा अघि सारेको संयोजक पुनले जानकारी दिनुभयो ।

कांग्रेसनिकट प्यानलले पनि प्रचारप्रचार जारी राखेको छ ।

Facebook Comments