• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको निर्णयः प्रदेश ५ का पालिकाहरुमा पार्टी र सरकारको संयुक्त संयन्त्र




स्थानीय तहका गतिबिधि प्रभावकारी बनाउन तथा पार्टी र सरकारको तालमेलका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ ले प्रदेशका सबै पालिकामा पार्टी र सरकारको संयुक्त संयन्त्र बनाउन निर्णय गरेको छ ।

बुटवलमा बसेको नेकपा ५ नम्बर प्रदेशको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

यो संयन्त्रमा पार्टीका पालिका इञ्चार्ज, अध्यक्ष र सचिव तथा पालिकाका प्रमुख/उप्रमुख, अध्यक्ष/उपाध्यक्ष रहने छन् ।

संयन्त्रको नियमित बैठक बस्ने, पालिकाका कामकाजको समीक्षा गर्ने, पालिकाले गरेका राम्रो कामको पार्टीले संस्थागत गर्ने तथा हुन नसकेका कामका लागि दिशानिर्देश गर्ने कार्यादेश संयन्त्रलाई दिइएको छ ।

अध्यक्ष ओनसरी घर्ती मगरको अध्यक्षता एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेलको आतिथ्यमा बसेको बैठकले एक हप्ताभित्र सम्पूर्ण पार्टी सदस्यहरुको अभिलेख प्रदेशलाई बुझाउन पनि जिल्लालाई निर्देशन दिएको छ ।

बैठकलाई सम्वोधन गर्दै इञ्चार्ज पोख्रेलले प्रदेश ५ को पार्टी र सरकार दुबैलाई नमूना बनाउने भन्दै त्यसका लागि आ–आफ्नो ठाउँमा लाग्न निर्देशन दिनुभएको थियो ।

बैठकमा प्रदेशभित्रका केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरुको सहभागिता थियो ।

जिल्ला अध्यक्ष र सचिवलाई सपथ पनि गराइएको थियो ।

Facebook Comments