• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एक महिने अल्लो धागो कटाई तालिम




चिनारी महिला साझेदारी समूह घोराही १४ ले एक महिने अल्लो धागो कटाई तालिम शुरु गरेको छ । गुणस्तरीय धागो बाट मात्रै स्तरीय फेसन बनाउन सकिने भन्दै तालिम शुरु गरेको हो ।

स्वदेशी उत्पादन, आफ्नै सिप र क्षमताको उपयोगले विदेशी मुद्रा आर्जन गर्न सकिने कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका कार्यवाहक मेयर सिता न्यौपाने सिग्देलले बताउनुभयो ।

वडा अध्यक्ष शक्तिराम डाँगिले हात थापेर गुजारा चलाउने पुरानो युग बाट सिप र जाँगरले आत्मनिर्भर हुने क्षमता हासिल गर्न अध्यक्ष डाँगिले आग्रह गर्नुभयो । जति पनि कपडाहरु तयार हुनछन् त्यसको जग धागो भएको समुहका सल्लाहकार देवप्रसाद पुनको भनाई थियोे ।

दिदि बहिनीलाई हौसला दिन स्थानिय सरकारका का वा प्रमुख न्यौपाने पुगेको प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । समुहका अध्यक्ष प्रेम कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही १४ का सदस्यहरु नैना कुमारी चौधरी, फुलमति र लछुमन बुढा लगाएतको उपस्थिति रहेको थियो ।

अतिथिहरु पुरुषलाई अल्लोको टोपि र महिलालाई सल उपहार प्रदान गर्नुभएको थियो । घोराही १४ को आर्थिक सहयोगमा सञ्चालीत तालिम उद्घाटन कार्यक्रमको सहजीकरण समुहका सचिव विना पुनले गर्नुभएको थियो ।।

Facebook Comments