• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शैक्षिक सुधारमा स्थानीय सरकार र विद्यार्थी संगठनः घोराहीमा पुरानाबाट भर्ना शुल्क नलिइने




घोराही उपमहानगरपालिका भित्रका नर्सरी देखी १२ कक्षा सम्मका संस्थागत विद्यालयहरुले छात्रबृत्ती वितरण गर्न समिति गठन गर्नुपर्ने भएको छ ।

उपमहानगरपालिकाको सामाजिक विकास समितिको आयोजनामा आज शिक्षा समिति, प्याब्सन र विद्यार्थी संगठनहरु बिच भएको बैठकले सरकारको नियम अनुसार १० प्रतिशत छात्रबृत्ती प्रदान गर्न विद्यालयमा समिति गठन गरी विद्यार्थी छनोट गर्नुपर्ने निर्णय गरेको हो ।

विद्यालयहरुले सरकारी नियम अनुसार छात्रबृत्ती कार्यान्वयन नगरेको र गरे पनि सेयर सदस्यका बालबच्चालाई दिएको भन्दै समिति गठन गरेर दिनुपर्नेलाई दिने गरी निर्णय भएको हो । साथै उक्त बिबरणहरु सँगै विद्यालयले लिईरहेको शूल्क विबरण र छात्रबृत्तीको बिबरण आगामी जेष्ठ महिना भित्र घोराही उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउनु पर्ने छ ।

समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले आगामी जेष्ठ मसान्त सम्म सबै संस्थागत विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति गठन गरेर शिक्षा महाशाखामा बुझाउने पनि निर्णय भएको छ ।

त्यसैगरी बैठकले संस्थागत विद्यालयमा एक पटक भर्ना भएका बालबालिकाको सोही विद्यालयमा कक्षा बृद्धी हुदा पुनः शूल्क नलिने र संस्थागत विद्यालयहरुमा विषयगत शिक्षकहरुको व्यवस्था गर्ने निर्णय भएको छ ।

छलफलमा प्यावसनका शरद आचार्य, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सन्तोष पोख्रेल, अनेरास्ववियूका अध्यक्ष विरबल खड्का, अखिल क्रान्तिकारीका संयोजक जंग रोका, नेविसंघका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकी सहित नगर शिक्षा समितिका सदस्य, विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments