• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव युवाका जिल्ला अध्यक्ष पक्राउ गर्न हवाइ फायर




विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्ली शर्मा पक्राउ परेका छन् ।

प्रहरीले चौरजहारी नगरपालिका ५ सल्लीबोटबाट शर्मालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।

प्रहरी टोली पुग्दा उनी भाग्न खाजेपछि दुई राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

नियन्त्रणमा लिने क्रममा शर्माले प्रहरी माथि नै आक्रमण गरेको उनले बताए ।

त्यस क्रममा एकजना प्रहरी घाइते भएको र शर्मालाई पनि सामान्य चोट लागेको खड्काले जनाए ।

‘जिल्लाभरी चन्दा आतंक मच्चाएको र विकास निर्माणका काममा पनि अवरोध गरेको सुचना पाएपछि खोजी गरेका थियौ,’ उनले भने, ‘पक्राउ गर्न खोज्दा उनि भाग्न खोजेपछि हवार फायर गर्नुपरेको हो ।’

Facebook Comments