• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकै वडाका दुइ सय परिवारलाई पचास वाटका सोलार वितरण




रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं १०का २०० घरपरिवारलाई ५० वाटको सोलार वितरण गरिएको छ ।

पहाडि साना किसानका लागि अनुकुलन आयोजना (आशा) जिल्ला समन्वय परिषद रुकुम पश्चिमको ७७ प्रतिशत अनुदान र उपभोक्ताको २३ प्रतिशत लगानीमा सोलार वितरण गरीएको हो ।

३६० घरपरिवार रहेको सानीभेरी वडा नं १० मा पहिले सोलार नभएका र विपन्न घरपरिवार छनौट गरी सोलार वितरण गरीएको छ । पहाडि साना किसानका लागि अनुकुलन आयोजना (आशा) कार्यक्रमको रु २० लाख १५ हजार १ सय ५० र उपभोक्ताको ६ लाख २० हजार गरी जम्मा २६लाख ३५ हजार १सय ५० रकमले सोलार सिस्टम खरिद गरिएको हो ।

पहाडि साना किसानका लागि अनुकुलन आयोजना (आशा)कार्यक्रमले बोलपत्र प्रकाशन गरी सबैभन्दा कम मूल्यमा एभरेष्ट इनर्जी प्रा.लि. छनौट मा परेको थियो । एक सेट सोलार सिस्टमको मूल्य १२ हजार ७ सय परेको लेखापाल भारती के.सी.ले बताइन ।

एभरेष्ट इनर्जी प्रा.लि. मार्फत ५० वाटको पानेल, ३५ एम्पियरको ब्याट्री र ५ वटा एल इ डी बल्ब र डिजिटल कन्ट्रोल सहितको सोलार सेट वितरण गरिएको छ ।

सानीभेरी गाउँपालिका १० का अध्यक्ष कर्णविर डाँगीको अध्यक्षतामा भएको सोलार वितरण कार्यक्रमको प्रमुख आथित्यता सानिभेरी गाउँपालिका नरबहादुर पुनले गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्ष इन्दिरा ओली, जलवायु विज्ञ रेविका गुरुङ, पत्रकार तथा वडा जनप्रतिनिधीको आथित्यता रहेको थियो । कार्यक्रमको संचालन आशा कार्यक्रमको सामाजिक परिचालक तेजबहादुर ओलीले गरेका थिए ।

Facebook Comments