• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारद्धारा होटलको स्तरीकरण शुरु, दाङमा सिटी प्लाजा ‘अतिउत्तम’




घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालिएको छ ।

खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले विभिन्न सरोकारवालाहरु सँगको समन्वयमा घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालेको हो । एक साता पहिले तुलसीपुरमा स्तरीकरण गर्न सुरु गरेको डिभिजनले विहिबार बाट घोराहीका होटलहरुको अबस्था बुझ्न थालेको हो ।

होटल तथा रेष्टुरेन्टहरुको चौतर्फि व्यवस्थापकिय पक्षहरुलाई हेरेर स्तरीकरण गरिने कार्यालयका खाद्य अनुसन्धान अधिकृत विबेक बन्जाराले जानकारी दिनुभयो । विभिन्न पक्षलाई समेटिएका ५० सूचकहरुका आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा बर्गिकरण गरिने उहाँको भनाई छ ।

९० भन्दा माथी अंक ल्याउने अतिउत्तम, ८० देखी ८९ सम्म अंक ल्याउने उत्तम, ६५ देखी ७९ सम्म अंक ल्याउने सन्तोषजनक र ५० देखी ६४ अंक सम्म ल्याउनेलाई सामान्य अबस्थामा बर्गिकरण गरिने निति रहेको छ ।

पहिलो दिन घोराहीका होटल सिटी प्लाजा, होटल डोको र साईनो होटलको अनुगमन गरिएको छ । जसमा सिटी प्लाजा अतिउत्तम, डोको सन्तोषजनक र साईनो होटल सामान्यमा बर्गिकरण भएका छन् । अति उत्तम हुन नसकेका होटल तथा रेष्टुरेन्टलाई सुधार गर्नका लागि निबेदन दिएर एक महिनाको समय दिने समेत व्यवस्था गरिएको छ ।

Facebook Comments