• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा घूससहित एक जना पक्राउ




अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमबाट एक जनालाई घुस सहित पक्राउ गरेको छ । चौरजहारी नगरपालिका ११,को चौफास्थित सवडिभिजन वन कार्यालयका निमित्त प्रमुख फरेस्टर महेन्द्र बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले ७ हजार घुस सहित पक्राउ गरेको हो ।

आज दिउसो मुसिकोट नगरपालिका १ कालिकास्थानमा रहेको एक होटेल बाट घुस लिएको रकम सहित विसीलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्तेतका प्रमुख ज्ञाणुराज सुबेदीले जानकारी दिनुभयो । सेवाग्राहीबाट घूस लिन लागेको उजुरी तथा सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

कटान आदेसको बारेमा सहजिकरण गरिदिने भन्दै सेवा ग्राहिबाट विसी ७ हजार घुस लिएको अख्तियारको भनाई छ । विसीलाई पक्राउ गरि अनुसन्धान भैरहेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ ।

Facebook Comments