• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विपद व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम




विपद व्यवस्थापन कसरी गर्ने सकिन्छ भने बारे आज बिहिवार बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा कार्यक्रम गरिएको छ ।

सल्यान खलंगा लुहापिङ्गमा रहेको सशस्त्र प्रहरी गुल्मले विपदको समयमा कसरी सजक र सचेत रहन सकिन्छ भने बारे आज सल्लीबजारमा कार्यक्रम सन्चालन गरेको छ ।

प्राकृतिक विपदबाट कसरी बच्न सकिन्छ भनी जिल्ला भरी विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । स्थानीय नागरिक, व्यापारी सङ्ग प्राकृतिक विपदको समयमा कसरी बच्न सकिन्छ सम्भावित घटना हुन नदिन के गर्ने सकिन्छ भनी सशस्त्र प्रहरी प्रमुख डिएसपी बिमल डाङ्गिले जानकारी दिनु भएको थियो ।

उहाँले बिपद अन्तर्गत डढेलो नियन्त्रण, आगलागी, पहिरो, चट्याङ, ग्यास बाट हुन सक्ने सम्भावित क्षतिबाट कसरी बच्ने भन्ने बिषयमा स्थानीयलाई डिएसपी डाङ्गिले सिकाईएका थिए ।

कार्यक्रम नगरपालिका प्रमुख गोविन्द कुमार पुन, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, ५ वडा अध्यक्ष कमल बिक १ न वडा अध्यक्ष शान्त कुमार यरि, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगी, पत्रकार विप्लव महर्जन, मिना बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments