• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डढेलो गाउँ पस्योः हेर्दाहेर्दै वस्ती खरानी




दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ को दुई गाउँमा जंगलबाट आएको आगोले २० घर गोठ जलेर नष्ट भएका छन् ।

वडा नम्बर १ को तल्लो माले र सिरुखर्कका गाउँमा जंगलबाट आएको डढेलोले २० घरगोठ जल्दा लाखौ रुपैयाँको क्षति भएको छ । वन क्षे त्रबाट आएको आगो गाउँमा पस्दा मानवीय क्षति नभए पनि घर गोठ पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

गोराखे वन क्षेत्रबाट आएको आगोले सल्लीबोट सामुदायिक तल्लो मालेका ६ घर र २ गोठ पूर्णरुपले नष्ट भएको छ । तल्लो मालेका चुमानसिंह बिष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ । त्यसैगरी सोही ठाउँकै गोमबहादुर घर्तीको २ वटा घरमा आगलागि हुँदा ११ लाख ५० हजार रुपैयाँको क्षति भएको छ ।

अर्का टुकलाल घर्तीको टीनले छाएको एउटा घर जल्दा ७ लाख र श्यामलाल बिष्टको दुईवटा घर तथा एउटा गोठ जल्दा करिब ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सूचना पाउन साथ प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक केशवसिंह धामीको नेतृत्वमा पुगेका पाँच जनाको प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।

त्यस्तै सोही वडाकै सिरुखर्कमा पनि बुधबार बेलुकी जंगलमा लागेको आगो गाउँमा पस्दा एउटै परिवारका १० घर गोठ जलेर खरानी भएका छन् । माले वन क्षेत्रबाट आएको आगो गाउँमा पसेको थियो । प्रेमबहादुर थापा, हिमलाल थापा, शिबलाल थापा, मेघराज थापा र देविराम थापाको १० घरगोठ जलेका छन् ।

गाउँको पूर्वतिरबाट आएको आगो निभाउन सबै त्यतै गएको बेला पश्चिम तर्फबाट आएको आगो घरहरुमा सल्कीएको थियो । हिमलाल थापाको टिन लगाएको घर गोठ जलेका छन् ।

तिब्र गतिमा चलेको हावाका कारण पनि आगो निभाउन र घर बचाउन नसकेको स्थानियको भनाई छ । केही घरकाले मात्रै अन्नपात र लत्ताकपडा बचाए पनि अन्य सबै जलेर खरानी भएको छ । राति अबेरसम्म आगो निभाउने प्रयासमा स्थानीय र प्रहरी खटेका थिए ।

तल्लो मालेकी सविता बिष्ट घरदेखि दक्षिण् तर्फ वन क्षेत्रमा लागेको आगो निभाउन छिमेकीसँग जानुभएको थियो । आगो निभाउदै गर्दा निकै ठूलो हावाहुरी चलिरहेकाले समस्या भएको स्थानीयले बताएका छन् । हावासँगै उडेको आगोको झिलिङगो घरको छानोमा परेपछि आगो सल्किएको आजको नयाँ युगबोध दैनिकमा निमुसंगम घर्तीले समाचार लेख्नुभएको छ ।

तस्विरः निमुसंगम घर्ती

Facebook Comments