• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अबैध रुपमा लगाइएको अफिम खेती नष्ट




रुकुम (पश्चिम) सानिभेरी गाउँपालिका वडा नं ३ अद्याचौरको विभिन्न ठाउँमा लगाइएको अबैध अफिम खेती प्रहरीले नष्ट गरेको छ । विभिन्न ठाउँको गरि करिब ५ कठ्ठा जग्गामा लगाइएको अफिम नष्ट गरेको प्रहरी चौकी सिम्लीका इन्चार्ज ऋषिराज खड्काले बताए ।

लागूऔषध अफिम महँगो मूल्यमा बिक्री हुने भएकाले रुकुम (पश्चिम) का स्थानीयवासी अफिमको खेतीमा आकर्षित भएका छन् । अफिम खेती गरेको जानकारी पाएलगत्तै सिम्ली प्रहरी चौकिबाट टोलि खटिएको इन्चार्ज खड्काले बताए ।

गहुँबाली उत्पादन हुने खेतबारीमा नै अवैध लागुऔषध अफिमको खेती गरेको पाइएपछि प्रहरी चौकी इन्चार्ज ऋषिराज खड्काको नेतृत्वमा टोलि खटिएको थियो ।

एकै घरका ३ बाबु छोर र अन्य २ घरपरिवार गरी ५ जनाले अफिम खेती गरेको चौकि इन्चार्ज खड्काले जानकारी दिए । अफिम खेतगर्ने व्यक्ती भने नभेटिएको र खोजतलास गर्दा यार्सागुम्बा खोज्न डोल्पा गएको बताइएको छ ।

स्थानीय बासीको अनुसार अफिमको कारोबार गर्ने तस्करीले नै विउ ल्याएर दिने र जग्गा भाडामा लिएर खेती गर्न लगाउने गरेको बुझिएको छ ।

Facebook Comments