• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वको पहिलो पत्रिका भूमे मासिकको विमोचन




रुकुम (पूर्व) भूमे गाउँपालिकाको मासिक भूमे बुलेटिन प्रकाशन भएको छ । पालिकाद्वारा मासिक प्रकाशन २०७५ फागुन महिनाबाट सुरु गरेको हो ।

रुकुम (पूर्व) नयाँ जिल्ला भइसकेपछि सञ्चार क्षेत्रमा शून्य अवस्थामा छ । रेडियो सञ्चालन तयारी भए पनि योजनाले पूर्णता पाएको छैन् । रुकुम (पूर्व) मा पहिलो पटक भूमे गाउँपालिकाले मासिक भूमे बुलेटिन नामक पत्रिका प्रकाशन गरेको छ ।

पालिकाले आयोजना गरेको भूमे बुलेटिन विमोचन मंगलबार द्वय पूर्व मन्त्री गणेशमान पुन र दलजित श्रीपालीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

पालिकाको काम सम्पादनका कार्य तथा सूचना, सन्देशमुलक गतिविधिहरु सम्प्रेषणबाट समुदायमा विकासका गतिविधि थाहा पाउने माध्यम स्थापित भएको पूर्व मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गणेशमान पुनले बताउनुभयो । ‘स्थानीय स्रोत, साधन र स्थानीय नागरिकसँगको ज्ञानको ग्रहणबाट समृद्धको यात्रा तय गर्न सकिने उहाँले भनाई राख्नुभो, ‘सबै क्षेत्रबाट भूमे गाउँपालिका समृद्ध तर्फ अगाडि बढिरहेको छ ।’

रुकुम (पूर्व) सञ्चार, सूचनाको पहुँचमा समस्या रहेको र भूमे बुलेटिनले सञ्चार माध्यममा सहयोग मिल्लने पालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो ।

‘भूमेका गतिविधि, ऐन, कानून, विद्यार्थीका प्रतिभा, पर्यटन, विद्यालय चिनारी, स्थानीय भाषा संकृतिक संरक्षणका लगायतका विभिन्न स्तम्भलाई स्थानदिइएर शिक्षकबुद्धिजिवीका अनुभूति, सूचना तथा सन्देशमुलक समेटिएको बुलेटिन पालिकाको मासिक प्रगति विवरण नागरिकमा ल्याउने उद्देश्यका साथ प्रकाशन गरिएको’ अध्यक्ष बुढाले भन्नुभो, ‘समग्रमा हरेक क्षेत्रका गतिविधिलाई स्थान दिइएको छ त्यसैले कार्य सम्पादनमा सहयोग मिल्लने छ ।’

रुकुम (पूर्व) मा मिडिया तथा सञ्चारकर्मी न्यून अवस्थामा रहेकाले पत्रकारको उत्पादन तथा सक्षम पत्रकार मिडिया सञ्चालन गर्ने क्षमताका पत्रकार भएमा पालिकाले नै प्रेस स्वतन्त्र मिडिया दर्ता गराइने पालिकाले जनाएको छ ।

भूमे गाउँपालिकाको सभा हलमा भएको विमोचन कार्यक्रममा पूर्व द्वय मन्त्री सहित नेकपाका केन्द्रीय सदस्य खेममान खड्का नेकपाका ५ नम्बर प्रदेशका सचिव बलराम अधिकारी, नेकपा रुकुम (पूर्व) अध्यक्ष मेघबहादुर श्रेष्ठ लगायतको स्थानीय बुद्धिजिवी शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments