• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वमन्त्री श्रीपालीद्वारा विभिन्न योजनाको अगुगमन




रुकुमपूर्वमा पूर्वखेलकूद मन्त्री दलजित श्रीपाली विभिन्न ठाउँको स्थलगत अनुगमन गर्नुभएको छ ।

सोमवार भूमे गाउँपालिकाको कार्य सञ्चालन तथा भौतिक निर्माणको अवलोकन तथा जनभेटघाट गर्नुभएको छ । पालिकाले अघि बढाएको गरेको मारिङ एकीकृत कृषि तथा वन अनुसन्धान केन्द्रको उहाँले अवलोकन गर्नुभएको छ । बिहान भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले पूर्वमन्त्री श्रीपालीलाई पहिलोपटक प्रकाशन गरेको भूमे बुलेटिन दिएर स्वागत गर्नुभयो ।

भूमे गाउँपालिकाले बिकास योजना नेपालको स्थानीय तह मध्यमा नमुनाको रुपमा अगाडि बढिरहेको पूर्वमन्त्री दलजित शेर्पालीले बताउनुभयो ।

राजनैतिक बाटोमा लागेको देखि रुकुममा बिकास गर्ने सपना राखेकोमा आधारभूत बिकास पूरा भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । गणतन्त्र स्थापना भइसकेपछि रुकुमका विकास गर्नेमा रुकुमका सबै राजनैतिक दलले साझा एजेण्डा विकास गर्नेमा रहेको उल्लेख गर्दै उहाँले ती एजेण्डा पूरा हुँदै गरेको बताउनुभयो ।

पूर्वमन्त्री श्रीपालीले स्थानीय नागरिकसँग भेटघाट पनि गर्नुभएको छ । उहाँको जन्मघर भूमे ७ गुनाम हो । आफूले पढेको गुमान विद्यालय, युद्धकालको तालिम केन्द्र अवलोकन गर्नुभका साथै उहाँले सहिद परिवारसँग पनि भेट गर्नुभयो ।

उहाँसँगै नेकपाका जिल्ला अध्यक्ष मेघबाहादुर श्रेष्ठ, मिक नेपालका अध्यक्ष भीउमान घर्ती लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments