• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजवादी र नयाँ शक्तिबीच एकताको घोषणा




उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ ।

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो ।

एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।

सहमतिको पहिलो नम्बरमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र प्रगतिशील लोकतान्त्रिक शक्तिको रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल स्थापना गरिएको उल्लेख गरिएको छ ।

एकताको आधारपत्रमा नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जलिअर्पण गर्दै वेपत्ता, घाइते र सहिद परिवारलगायत सबैप्रति उच्च सम्मान प्रकट गरिएको छ ।

समाजवादी पार्टीको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

यस्तै एकीकृत पार्टीले फोरमले अबलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्तिले अबलम्बन गर्दै आएको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्त अघि सारिएको छ ।

एकीकृत पार्टीले सैद्धान्तिक वैचारिक मान्यताको आधारमा राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालगायतका मूल्य र मान्यताहरु आत्मसात गर्ने भएको छ ।

यस्तै दुई पार्टी संघीय राज्य बनाउन प्रतिवद्ध रहेको र त्यसका लागि संविधानसभाद्वारा गठीत उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गर्नुपर्नेमा जोड दिइएको छ ।

एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्तिदुबै विधिवत रुपमा विघटन भएको छ । नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिने छ ।

यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा दाबी गरिएको छ ।

Facebook Comments