सहिद पत्रकार कृष्ण सेन इच्छुक स्मृतिमा निर्माण गरीने सालिकको भालुवाङमा शिलान्यास गरिएको छ ।
प्रदेशसभा सदस्य इन्द्रजीत थारुले शालिक शिलान्यास गर्नुभएको हो । राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकस्थित पूर्वपश्चिम राजमार्ग र भालुवाङ–प्युठान सडकको मध्य भागमा सहिद सेनको अर्ध कदको शालिक स्थापना गरिने शालिक निर्माण समितिका संयोजक सूर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।
शालिक निर्माण समितिका संयोजक सुर्य प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शहिदको सम्मानमा निर्माण गरीने शालिकले यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महाससंघका प्रदेश ५ का सभासद महेश रिजालले इच्छुकको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।१ मिनेट मौनधारण गरी शुरु गरिउको कार्यक्रमको संचालन भीमार्जुन सुवेदीले गनुृभउको थियो ।
कार्यक्रमस्थलमा नेपाली कांग्रेसका कार्यक्रताले अवरोध गर्न खोजेपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीका उतारिएको थियो ।सेनको स्मृतिमा शालिक निर्माण हुने भएपछि भालुवाङवासी हर्षित भएका छन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।