• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिमपहिरोका घाइतेलाई हेलिकोप्टरबाट उद्दार




रुकुम (पूर्व) जिल्ला प्रशासन कार्यालयको पहलमा एक जना घाइतेलाई हलिकप्टरबाट उद्धार गरिएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका हिमपहिरोमा परेर घाइते भएका एक युवाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका वडा ९, खाराबाङका १७ वर्षीय सुजन खड्कालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार आफ्नै गाउँबाट डोल्पाको दुनै जाने क्रममा पुथाउत्तरगंगा गाउँपालिका ९, लालपपाटनको हिउँसाङ नजिकै हिमपहिरोमा परेर खड्का घाइते भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । ‘जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पहलमा उहाँलाई बिहीबार उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पठाइएको छ ।’

खड्कासँगै गएका अर्का एकजनाले हिमपहिरो स्थलबाट झण्डै ८ घण्टा हिँडेर उहाँको अवस्थाबारे गाउँलेलाई जानकारी गर्नुभएको थियो । स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ । घटनास्थल रुकुमकोटबाट झण्डै ३ दिनको पैदल दूरीमा पर्दछ ।

Facebook Comments