• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिकाइ सुधार केन्द्रित शैक्षिक क्यालेण्डर




लमही नगरपालिकाको कार्यालयले निर्माण गरेको यस आथिर्कक वर्षको शैक्षिक क्यालेण्डर सिकाइ उपलब्धी सुधार केन्द्रित रहेको छ । विभिन्न विदाका कारण वर्ष भरिमा पढाइ हुने दिन कम हुने गरेको अवस्थामा यस आर्थिक वर्षको शैक्षिक क्यालेण्डरले पढाई हुने दिनलाई महत्वका साथ राखेको नगरपालिका कार्यालयका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख रविन्द्र क्षेत्रीले बताउनुभयो ।

वार्षिक ३६५ दिनमध्ये विद्यालयहरुमा विभिन्न विदा गरी जम्मा १०७ दिन रहने छन् भने, खुद पढाई तथा परिक्षा हुने दिन २५८ रहेको क्षेत्रीले जानकारी दिनुभयो । वर्ष भरीमा प्रधानाध्यापकहरुको बैठक, अतिरिक्त क्रियाकलापहरुको तय, दिवसीय कार्यक्रम, छात्र वृत्ति वितरणको एकरुपता, मासिक रुपमा विद्यालय तथा नगरपालिकाको कार्यालयले गर्ने कार्यविवरण, विभिन्न परिक्षाहरु तथा ती परिक्षाको नतिजा प्रकाशन, वर्षे विदा लगाएतको निश्चितता नै क्यालेण्डरका विशेषता हुन, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले भन्नुभयो ।

लमही नगरपालिका अन्र्तगतका विद्यालयहरुलाई शैक्षिक क्यालेण्डरका आधारमा विद्यालयगत वार्षिक कार्यक्रम तय गर्ने गरी लमही नगरपालिकाको कार्यालयले सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र समेत गरिसकेको छ ।

वार्षिक कार्यक्रम अनुसार वैशाख १५ भित्रमा गत शैक्षिक सत्रको सिकाइ उपलब्धि विश्लेषण, कक्षा शिक्षकको लागि लिखित जिम्मेवारी दिने, विद्यार्थी तथा शिक्षकको लागि कक्षा कोठामा मोबाइल फोनको प्रयोगमा वन्देज, विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा मात्र काम गर्नुपर्ने, विद्यार्थी भन्दा चाडो शिक्षक विद्यालयको प्रांगणमा आईपुग्नुपर्ने वर्षमा कम्तिमा २ पटक अभिभावक भेला गर्नुपर्ने लगाएतका कुरालाई नगर शिक्षा समितिको निर्णयानुसार विद्यालयहरुमा परिपत्र गरिएको नगर शिक्षा समितिका अध्यक्ष एवम् लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो ।।

Facebook Comments