• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उच्च अदालतका नायव सुब्बा घूससहित पक्राउ




अदालतमा विचाराधीन मुद्धामा सहजीकरण गरिदिने भन्दै घुस लिएका उच्च अदालत तुलसीपुर, इजलाशका टाइपिस्ट (नायबसुब्बा)लाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

घुसवापतको तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नायवसुब्बा कृष्णकुमार पाठकलाई रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।

उनलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ अख्तियारले जनाएको छ ।

Facebook Comments