• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लागु औषध दुर्व्यसनीविरुद्ध सचेतना




देउखुरी काे पुरानाे विद्यालय बाल जनता माध्यमिक विद्यालय वनगाँउमा लागुअाैषध दुर्ब्यसनी विरूद्द एक कार्यक्रम सम्पन्न भएको छ ।

देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको अध्यक्ष याेगमाया शाहीकाे सभापतित्वमा सुरु भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथी: वडा ३ काे महिला सदस्य पुर्णिामा चाैधरी,विशिष्ट अतिथि: विद्यालयका प्रधानाध्यापक चेतलाल चाैधरी रहनुभएकाे थियाे ।

लागुअाैषध दुर्ब्यसनी विरूद्द प्रशिक्षण दिदै देउखुरी सामुदायिक सेवा केन्द्र वडा प्रहरी कार्यालय लमही मा कार्यरत प्रहरी सहायक निरिक्षक:टिकाराम वलीले सम्पूर्ण विद्यार्थी भाईवहिनीहरूलाई प्रशिक्षण दिदै लागुअाैषध र त्यसले मानवलाई पार्ने असरबारे जानकारी गराउदै यस बाटोमा नलाग्न र समाजमा काेही दुर्ब्यसनीमा परेकाे भए बेलैमा प्रहरीलाई खबर गर्न अाग्रह गर्नुभयाे ।

देउखुरी सामुदायिक सेवा केन्द्र लमहीकाे अायाेजना र लमही नगरपालिका काे अार्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रूमाल प्रसाद बसेल,सञ्चारकर्मी पवन पाेख्रेल, शिक्षकशिक्षिका हरूमा डम्बर जिसि, कृष्णप्रसाद भुषाल, ऋषिराम केसि, सम्झना भट्टराई ,हरिमाया रेग्मी लगायत शिक्षक,जनप्रतिनिधि विद्यार्थी,प्रहरी कर्मचारी गरि ८० जनाभन्दा बढीकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रम काे सहजिकरण देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका काेषाअध्यक्ष्य दिपा खत्रीले गर्नुभएको थियाे ।

Facebook Comments