• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन




काठमाडौं, २१ बैशाख । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गर्नुभएको छ ।

सभामुख महराले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाको रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

झापाका मृगौलापीडित निर्मल लिम्बूको सहयोगार्थ शनिबार कमलपोखरीस्थित सिटी सेन्टर विग मुभिजमा चलचित्रको विशेष प्रदर्शनी गरिएको थियो ।

चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले नेपाल विविध जातजाति, भाषा, कला संस्कृतिको धनी भएको बताउनुभयो ।

चलचित्र ‘के साङ्ला’ले लिम्बू जातिको भाषा, संस्कृति र कलाको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुहुँदै सभामुख महराले आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षणमा जागरुक भई लागेकोमा चलचित्र युनिटको प्रशंसा गर्नुभयो ।

चलचित्र बनाएर व्यवसाय गर्ने भन्दा आफ्नो मौलिक कला संस्कृतिको संरक्षण एवं समाजसेवातर्फ लागेकोमा खुशी व्यक्त गर्दै सभामुख महराले चलचित्रको आम्दानीबाट मृगौलापीडितलाई सहयोग गर्ने कार्य निकै सह्रानीय भएको बताउनुभयो ।

सो अवसरमा मृगौलापीडितका लागि देश तथा विदेशबाट संकलन गरिएको सहयोग तथा फिल्म युनिटले टिकटबाट प्राप्त गरी जम्मा भएको १ लाख ६३ हजार रकम सभामुख महराले मृगौलापीडित निर्मल लिम्बूलाई हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments