• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लोकेन्द्रको बारी, ढकमक्क हजारी




दशैतिहारको झल्को दिनेगरी घोराही १४ लोहासुरका लोकेन्द्र रोकामगरले ढकमक्क हजारी फुलाउनुभएको छ । सुन्दा पत्याउन मुश्लि भयोहोला, यति बेला धेरैका बारीहरु सुख्खा यामले गाईवाख्रा चर्ने स्थल बनेका छन् । रोकाको बारीमा भने हजारी फुुलिरहेका छन् ।

łएकलट टिपेर माला बेचि सकेँ रोकाले भन्नुभयो, łतुलसीपरवाट अर्डर आएको छ अर्कोलट टिप्दैछु । उहाँका अनुसार एकमिटर उनेको मालाको एकसय ५० रुपैयाँमा बेच्दै आउनुभएको छ । घर सराई, विवाह, पुजा लगाएत शुभकार्यमा हजारीका फुलको माग आईरहेको छ ।

गत तिहारमा हजारीका फुल बेच्न मुश्किल भयो । रोकाले काठ्माण्डौका व्यापारी संग सम्पर्क गर्नुभयो । तिनीहरुको सल्लाह अनुसार बाह्रै महिना हजारीका फुल उत्पादन गर्न सकिने थाहपाउनुभयो । तिनले टिकापुरका फुल उत्पादन गर्ने व्यवसायी संग सम्पर्क गराईदिए । रोका टिकापुर पुगेर आठ सय विरुवा ल्याउनुभयो । र हुन्छ कि हुन्न भन्ने दोधारमै रोप्नुभयो ।

łवर्षातमा झार धेरै उम्रिन्थ्यो, आज भोली पानी धेरै चाहार्नुपर्छ रोकाले भनन्ुभयो łतरीका उस्तै हो । कमाई आजभोलि बढि हुन्छ । उहाँका अनुसार आजभोलि बार्गेनिङ नगरेरै फुल लैजान्छन् । स्थानिय भन्दा फरक फुलेको छ । ढिलो ओईलाउँछ । केहि दिन राख्नलाई पनि उपयुक्त छ । यसपटक प्रशस्त मात्रामा फुलाउन सफल भएको रोकाले बताउनुभयो ।

करीब ८ कठ्ठा जमिन भाडामा ल्याएर खेति थाल्नुभएका रोकाले ठुलो क्षेत्रमा केरा खेती गर्नुभएको छ ।

अब केरालाई मास्दै फुललाई विस्तार गर्दै लैजाने सोँच बनाएको बताउनुभयो । कुवाँ बाट पानी निकालेर चाहार्ने गरेको उहाँको भनाई छ । त्यो कुँवाकोपानीले कम्तिमा तिन कठ्ठा बारीमा फुलखे ितगर्न सकिने अनुमान छ । दैनिक पानी चाहार्नुपर्ने फुल, साउन सम्म फुलाउन सकिन्छ । यस्लाई विस्तार गर्नपनि सजिलो छ ।

Facebook Comments