• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडाका सबै आमाबुवालाई लिएर वडाध्यक्ष तीर्थ यात्रामा




मातातिर्थ औंसि अर्थात आमाको मुख हेर्ने दिन, धेरैले घरमा आमाको मुख हेर्नको लागि तयारी गरिरहंदा दाङका एक वडाअध्यक्ष आफ्ना वडाका जेष्ठ नागरिकलाई लिएर तिर्थ जानु भएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सहित वडा समितिले वडाका ७५ जना जेष्ठ नागरिकलाई लिएर तिर्थ गराएको हो । वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगर्तको कुल एक लाख २५ हजारको बजेटबाट वडाका ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान स्वरुप लमही देखि ३५ किलोमिटर दुरीमा रहेको धारपानी पाण्डवेश्वर मन्दिर दर्शन गराएको हो ।

समाजमा जेष्ठ नागरिक प्रतिको महत्व बढाउन र स्थानीय सरकारको महशुस गराउनको लागि जेष्ठ नागरिकलाई मन्दिर दर्शनको लागि लगिएको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो । हिन्दु परम्परा अनुसार मातातिर्थ औंसीको दिन आमाको मुख हेर्न चलन छ, मेरा वडाका सबै जेष्ठ नागरिक आमा सरह हुनुहुन्छ, वडाअध्यक्ष केसीले भन्नुभयो ।

आमाको मुख हेर्ने दिन जेष्ठ नागरिकलाई टिका माला सहित धार्मिक भ्रमण गराउन पाउँदा जनप्रतिनिधि नभएर सन्तानकै रुपमा दायित्व पुरा गरेको अनुभुति भएको उहाँले बताउनुभयो ।

जेष्ठ नागरिक पनि धार्मिक भ्रमण गर्न गर्न पाउँदा खुसी भएका छन् । हामीहरुले मन्दिर दर्शन गराउने ,भ्रमण गराउने हाम्रा वडाअध्यक्ष लाई आशिष दिएका छौ,सधै तपाइको जित होस भनेका छौ,भ्रमणमा रहनुभएकी लमही नगरपालिका ५ निवासी ७० बर्षिय सम्झना खड्काले भन्नुभयो ।

Facebook Comments