• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँमा अझै गाग्रीकै सहाराः सल्यान बनगाड कुपिन्डेमा खानेपानीको चरम सङ्कट




बनगाड कुपिन्डे नगरपालिकाको १२ वडामा नै खानेपानीको चरम सङ्कट देखिएको छ । गर्मी समय लागे संगै पानीका मुहान सुक्दै गएकोले पानीको सङ्कट देखिएको हो।

साबिकका गाविसहरु निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् । बनगाड कुपिन्डे नगरपालिका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय अमर प्राबी प्रअ झलक बुढाले बताए।

“पानीको स्रोत सुक्दै गएकाले बर्सेनि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेका छन्, बस्ती नै खाली हुने खतरा छ, । उच्च डाडकाडा बस्तीहरुमा पानीको अभाव भएपछि तीन/चार घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । एउटै घरबाट दुई÷तीन जनाले पालैपालो पानी आसार्नु परिरहेको र दैनिक अन्य काम छाडेर पानी ल्याउने काम मात्र गर्ने गरेका र वर्ष भरी खानेपानीको समस्या हुने बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुराका स्थानीय इन्द्र पुनले बताउँछन्।

“दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात÷आठ जना हुन्छन्, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौधौ छ,” उनले भने । पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ । निगाल्चुलाका प्रेम बहादुर पुनले बताएका छन ।

आकासे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ ।

पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ । यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनाए। पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् ।

पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताए। पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जानथालेका छन् । “गाउँमा आउने न त पानीको स्रोत छ न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ,” खत्रीले भने। खानेपानी अभावसँगै विद्यालय र घरमा बनाइएका शौचालय दुर्गन्धित र फोहर भएर प्रयोग बहिनी भएका छन भने ।

खानेपानीबाट यस क्षेत्रका करिब ३६ हजार जनसंख्या प्रभावित भएका छन् ।

Facebook Comments