• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कार दुर्घटनामा ब्यवसायी आचार्यको निधन




पूर्व पश्चिम राजमार्गमा कार दुर्घटना हुदा दाङका व्यवसायी तीर्थ आचार्यकाे मृत्युु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-१ मामा खाेलामा दाङ बाट चन्द्राैटा तर्फ जादै गरेकाे बा १४ च ८४४५ नम्बरको कार सडक देखी करिब तिन सय मिटर तल खस्दा घाेराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी ४० बर्षिय तीर्थ आचार्यकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्राैटाले जनाएको छ ।

दुर्घटनामा परी लमही-८ सतबरीया निवासी २७ बर्षिय अनिलकुमार चाैधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ ।

कार अनियन्त्रित भएर खाेलामा खसेकाे प्रहरीले जनाएको छ । स्काभेटरको पम्प बिग्रेकाले मर्मतका लागि मिस्त्री चौधरीसहित ब्यवसायी आचार्य पम्प बनाउन बुटवलतर्फ जान थाल्नुभएको थियो । उहाँ फेमश निर्माण सेवा, दक्षिणकाली क्रसर उद्योगलगायतका आबद्ध हुनुहुुन्थ्यो ।

उहाँको शव चन्द्रौटामा राखिएको छ । पोष्टमार्टमपछि घोराही ल्याइने छ । केही समयअघि मात्रै उहाँका भाइ प्रकाश आचार्यको घोराहीमा स्कूटी दुर्घटनामा ज्यान गएको थियो ।

Facebook Comments