• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यान महासंघको सूचना प्रविधि सम्मेलन




राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा कम्प्यूटर एशोसियसन नेपाल महासंघ दाङले सूचना प्रविधि सम्मेलन गरेको छ ।

क्यान महासंघ दाङका जिल्ला उपाध्यक्ष कर्ण पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई क्यान महासंघका केन्द्रिय सदस्य रेशम गिरीले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रममा ‘फ्यूचन इन प्रोग्रामिङ’ बिषयमा आशिष बेवबासे र ‘आइटी एजुकेशन र कारियर’ बिषयमा ई. पवन अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । क्यान महासंघ दाङका अध्यक्ष भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन ई. माधव अधिकारीले गर्नुभएको थियो ।

त्यस्तै क्यान महासंघ दाङको आयोजनाले बैशाख १९ गते विहान ७ बजे कर्मचारी मिलन केन्द्रबाट प्रभातफेरी शुरु हुने छ । यसमा सहभागी हुन अध्यक्ष गिरीले विद्यार्थी, बुद्धिजिवी, पत्रकार, व्यापारीहरुलाई अनुरोध गर्नुभएको छ ।

Facebook Comments