• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शारदा नगरले चुम्यो अध्यक्ष कप फूटबलको उपाधि




तुलसिपुर उपमहानगरपालिका वडा न ७ को आयोजनामा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी शारदा नगर टोल बिकास सस्थाले हात पारेको छ ।

स्थानिय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा जलधारा चौतारी लाई ट्राईबेकरमा ४ का बिरुद्ध ५ गोलले स्तब्ध पार्दै शारदा नगरले उपाधी उचालेको हो ।

उपाधी सगै उसले नगद १५ हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित जलधारा चौतारीले उपबिजेतामा चित्त बुझाउदै नगद १० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्दा सुन्दरबस्ति टोलले तृतीय स्थान हात पार्‍यो !उसले नगद ५ हजार,ट्रफी,मेडल,प्रमाणपत्र हात पार्‍यो ।

उल्लेख्य दर्शकका बिच प्रदेश प्रहरी कार्यालय खेल मैदानमा मंगलवार भएको कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म २/२ गोलको बराबरी भएपछी खेल ट्राईवेकरमा गएको थियो ।

खेलमा शारदा नगरका जर्सी न १७ का खेलाडी शरद भण्डारिले फस्ट हाफ्को ९ औ मिनेटमा पहिलो गोल गर्दा जलधारा चौतारिका जर्सी न ११ का दिलिप चौधरिले लगत्तै ११ औ मिनेटमा जवाफी गोल गर्दै टिमलाई १/१ को बराबरिमा पुर्‍याएका थिए । त्यस्तै निशान बालान क्षेत्रीले खेलको ३४ मिनेटमा गोल गर्दै २/१ को अग्रता दिलाउदा जलधाराका दिलिप चौधरिले पेनाल्टिको अबसरलाई सदुपयो गर्दै टिमलाई बराबरीमा पुर्‍याए ।


बैशाख १५ गतेबाट संचालित प्रतियोगितामा सात टोल बिकास सस्थाको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह प्रतियोगिता सयोजक राम बहादुर जिसिको अध्यक्षता तथा वडा अध्यक्ष टोप बहादुर केसिको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानरपालिका खेल सयोजक अमर नेपाली माईकलको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिताका बिजेता,उपबिजेता टिम तथा ब्यक्तिगत बिधा तर्फ खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जलधारा चौतारिका दिलिप चौधरी बेस्ट प्लेयर खेलाडी, शारदा नगरका निशानबालान क्षेत्री बेस्ट मिड फिल्डर,शारदा नगरकै रमेश तामाङ बेस्ट स्कोरर र सुन्दरबस्तीका सुरज पुन बेस्ट किप्पर लाई नगद पुरस्कार तथा ,ट्रफी, कार्यक्रमका प्रमुख अतिथी,बिशिस्ट अतिथी लगाएले प्रदान गर्नु भएको थियो ।

वडा सदस्य चित्रा मल्लको स्वागत रहेको कार्यक्रमको संचालन सन्तोष केसिले गर्नु भएको थियो ।

Facebook Comments