• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नगर प्रमुख पाण्डेद्वारा नगर विकास अध्यक्षको पदभार ग्रहण




तुलसिपुर नगरबिकास समितिको अध्यक्षमा मेयर घनश्याम पाण्डे नियुक्त हुनुभएको छ । सघन सहरि तथा भवन निर्माण आयोजना अन्तर्गत २०७५ बैशाख १२ गतेको सचिब स्तरिय निर्णय अनुसार स्थानीय निकायलाई सञ्चालनको जिम्मा दिने भन्ने परिपत्र अनुसार पद हस्तान्तरण गरिएको हो ।

नगरबिकास समितिका अध्यक्ष यज्ञबहादुर केसिले आज मगलबार एक कार्यक्रमका बिच औपचारिक रुपमा तुलसिपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

सो अबसरमा बोल्दै नबनियुक्त अध्यक्ष तथा नगर प्रमुख घनश्याम पाण्डेले तुलसिपुरलाई स्मार्ट र नमुना शहर बनाउने बताउनुभयो ।उहाले तुलसिपुर क्षेत्रको बृहत्तर बिकास गर्दै सुरक्षित,ब्यबसायिक र बिकसित शहरका रुपमा बिकास गर्न आफु लागिपर्ने बताउनुभयो ।

उहाले २३ साल देखि सञ्चालनमा आएको तुलसिपुर नगर बिकासको ईतिहास खेजेर पहिलेको शहर र अहिलेको नयाँ शहर सञ्चालन गर्ने बिधिका बारेमा व्यापक छलफल र अन्तरक्रिया गर्ने योजना समेत अघि सार्ने बताउनुभयो ।पाण्डे यश अघि पनि एक कार्यकमलका लागि नगर बिकास समितिको अध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

समि तिका अध्यक्ष यज्ञबहादुर केसिको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले तुलसिपुर लाई ब्यबस्थितरुपमा बिकास गर्न सुझाव दिएका थिय । उनिहरुले नगर बिकास समितिले उच्च अदालत तुलसिपुरलाई जग्गा दिने भनी गरेको निर्णय तत्काल कायान्वयन गराउन पहल थाल्न समेत अनुरोध गरेका थिय ।

कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार एव उपभोक्ता समितिका सयोजक टिकाराम रेग्मीले नगर बिकासले दोघर्रेमा सुरु गरेको प्लानिङलाई ब्यबस्थापन गर्दै सार्वजनिक सम्ररचनाहरु निर्माणमा पहल थाल्न सुझाव दिनुभयो ।

त्यसै गरि कार्यक्रमका अध्यक्ष यज्ञबहादुर केसिले आफुहरुको पालोमा महत्त्वपूर्ण कामहरुको सुरुवात भएको भन्दै राम्रा कामहरुको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।उहाले अरणिको मैदान लाई खेलमैदानका रुपमा बिकास गर्नका लागि काम अगाडि बढेको,दोघर्रे जग्गा एकीकरण आयोजनामा नाला निर्माणको काम सम्पन्न ,बिजुलि र खानेपानी ब्यबस्थापनका लागि ५० लाख रकम बिनियोजन गराउन सफल भएको बताउनुभयो ।
उहाले उच्च अदालतलाई जग्गा प्रदान गर्न सफल भएको भन्दै आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रममा सघन शहरि तथा भबन निर्माण आयोजना दाङका प्रमुख परिक्षित कडैया,तुलसिपुर उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत आनन्द सारु,पुर्व सदस्य सचिब टिकाराम पोख्रेल लगायले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण कार्यालय प्रमुख लिलाबाबु सिवाकोटीले गर्नुभएको थियोे ।

Facebook Comments