• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस स्वतन्त्रताको पक्षमा ५ पत्रकार संगठन एक ठाउँमा




पछिल्लो समयमा सरकार पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गराउने खेल चलिरहेको भन्दै ५ पत्रकार संघ संगठनहरु एकजुट भई दबाबमूलक अान्दोलन गर्ने भएका छन् ।

काठमाडौंमा अाज भएको पत्रकार सम्बद्ध ५ संघसंगठनहरु महत्त्वपूर्ण बैठकले पछिल्लो समय सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अनुदार हुदै गएको निष्कर्ष सहित दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय भएको हो जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताए ।

जनपत्रकार संगठन नेपाल,क्रान्तिकारी पत्रकार महासंघ,प्रगतिशील पत्रकार संघ,प्रेस सोसाइटी नेपाल र मधेसी पत्रकार समाजको सयुक्त बैठक बसि सरकारले चालेको पछिल्लो कदम प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

जनपत्रकार संगठन नेपालका तर्फबाट अध्यक्ष प्रकाश डुम्रे,क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउत,प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा,मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगाएतको सयुक्त बैठकले दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय भएको छ । साथै पत्रकार महासंघको अान्दोलन प्रति एक्यवद्धता जनाउँदै महासंघको भुमिका बढाउन अनुरोध गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए ।

बैठकमा देशभर सरकारले गरेको पत्रकार धरपकड र गिरफ्तारी तत्काल रोक्न माग गर्दै हिरासतमा राखिएका पत्रकारलाइ अविलम्ब रिहाइको माग गर्ने निर्णय भएको छ ।

Facebook Comments