चुटपुटे लगाउँदै गरेका, प्याडको लागि ठिक साईजमा कपडा पट्याँदै गरेका र कल चलाईरहेका महिलाहरु घोराही १४ को सभागृह नजिकै सर्टरमा भेटिन्छन् । बजारभरी सिलाई पसलहरु प्रशस्तै देख्न सकिन्छ तर, त्यसैगरी महिनावारीमा प्रयोग हुने प्याड अन्त प्राय सिलाएको भेटिन्न ।
महिला सामुदायिक लघुवित्त वित्तिय संस्थाको उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरु कपडाको प्याड बनाउने काममा लागेका छन् । बजारीया महंगो प्याडको भारले अँचटिएकोलाई कपडको प्याडले राहत दिने लक्ष्य राखेको सिलाई रहेका महिलाहरुले जानकारी दिनुभयो । उहाँहरुका अनुसार प्रयोग गर्ने र बनाउन सिक्ने बढिरहेका छन् ।
गत फागुन एक गते देखि प्याड बनाउने कार्य थालिएको शिला चौधरीले जानकारी दिनुभयो । अहिले सम्म तिन सय २० बढि प्याड बनाइएको छ । उहाँका अनुसार अरु प्याड बनाउने काम तिब्र पारीएको छ । एउटा झोलामा एउटा रुमाल, दुइवटा प्याड, दुईवटा पेन्टी र एउटा प्लाष्टिक राखिन्छ । एउटा प्याडमा चारवटा हुन्छन् क्रमसः भिज्दै जान्छ निकाल्दै गरीन्छ ।
रगतले लछ्याप्पै भिज्न नपाउँदै निकाल्ने र त्यसलाई प्लाष्टिकमा प्याक गरी राख्ने गरिन्छ । चौधरकिा अनुसार भित्रको गन्ध बाहिर नआउनेगरी बन्द हुने प्लाष्टिक छ । पानीको अभावहुने क्षेत्रमा रगत हातमा लाग्यो वा केहि समस्या आए रुमालले पुछिन्छ । एउटा झोलामा भएको प्याडसहितको सामग्रीले एक पटकको महिनावारी टार्नेगरी बनाईएको छ । दुईवटा प्याडमा आठ वटा हुन्छन् । पालैपालो प्रयोग गर्न तथा व्यवस्थापन गर्न निकै सजिलो छ ।
आफैले बनाउन थालेपछि कपडाको प्याड प्रयोग गर्न लागेको बालिका जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला आफुले गरेपछि ठिक छ भनेर अरुलाई सिकाउन सिकन्छ । प्रयोग गर्न सजिलो छ । हावा छिर्ने भएकाले रगत छिटै कुहिँदैन र गन्हाउँदैन, कुनै केमिकलको खतरा छैन, आफ्नो साईज अनुसारका सजिलो प्याड बनाएर प्रयोगगर्न सकिन्छ ।
पसलमा कपडा किन्दा समेत महिलाहरुले कपडाको प्याड बनाउन चासो लिने गरेको दिपा बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कसरी बन्छ, लगाउँदा कस्तो हुन्छ, किन्दा कति पर्छ ? बजारको जस्तै होकि फरक जस्ता प्रश्न गर्छन् । केहि महिलाहरु सिलाउने ठाउँमै पुगेर जानकारी लिन्छन् । महिला स्वरोजगार तालिमकेन्द्र स्थापना गरेर संस्थाले कपडाको प्याड अभ्यास गराएको छ ।
महिलालाई सजिलो र स्वस्थ गराउन यसको जरुरी भएको धेरैले बुझेका छन् । पैसा कम खर्च हुने, जति धेरै व्लिडिङहुनेलाई पनि उपयुक्त मानिने प्याड भएकोले धेरैले रुची देखाएको सिलाई रहनुभएका डिला चौधरीको भनाई थियो ।
यसलाई अभियानकै रुपमा अगाडि बढाउन खोजिएको प्राविधिक सहयोग गर्ने संस्था लैङगिक पुनस्थापना केन्द्रका रचना सुवेदिको भनाई छ । उहाँका अनुसार वातावरणीय सफाइका लागि पनि कपडाको प्याड उपयुक्त छ । बजारको प्याड प्रयोग पछि कता फाल्ने भन्ने चिन्ता हुन्छ । प्लाष्टिकमा पोका पारेर फाल्दा पुर्ण सरसफाइ अभियानमै धक्का लाग्छ । लुकालो राखौँ भनेपनि ठाउँ भेटिन्न । बजारका साँघुरा घरहरुमा झनै ठुलो समस्या बन्दैगएको छ ।
उहाँकाअनुसार ढिलो चाँड यसैमा आउनुपर्छ । यसरी प्याडको चर्चा गरीरहँदा पटक पटक नेपाल महिला सामुदायिक सेवाकेन्द्रका विमला योगीलाई सम्झिए । उहाँकै सहयोगले नयाँ कामको अभ्यास गर्न पाएको सुनाए । कार्यक्रममा सहजीकरण गरेर हौसला दिएको भन्दै महिला सामुदायीक लघुवित्तका लक्ष्मी गुप्तालाई पनि उनिहरु सबैले स्रहना गरे ।
युगको मागअनुसार कपडाको प्याड बनाउने अभ्यास उचित कदम चालेकोमा अत्याधिक खुशि महशुस गरेको बताए । सबै महिलाले कपडाको प्याड प्रयोग गर्ने वानी वसाल्न उनिहरुको आग्रह छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।