• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यान महासंघद्वारा रक्तदान र फलफूल वितरण




राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा कम्प्यूटर एशोसियसन नेपाल महासंघ दाङ शाखाले विविधि कार्यक्रम गरेको छ ।

जसअनुसुार क्यान महासंघले घोराही तेरौटेस्थित वृद्वआश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेकोे छ । क्यान महासंघका कार्यबाहक अध्यक्ष कर्ण पुनको अध्यक्षता, क्यान महासंघका केन्द्रिय सदस्य रेशम गिरीको प्रमुख आतिथ्य तथा क्यान महासंघका प्रदेश ५ का सचिव कृष्ण वलीको विशिष्ट अतिथ्यमा कार्यक्रम भएको हो ।

धनेश्वर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण माधव अधिकारीले गर्नुभएको थियो । तेरौटे वृद्धाआश्रममा रहेका १८ जना बृद्धबृद्धाहरुलाई फलफुल र जुस वितरण गरिएको थियो ।

त्यस्तै घोराहीमा रक्तदान पनि गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीमा भएको रक्तदानमा ई.पवन अधिकारी, नारायणी भण्डारी, कर्ण पुन, ई.अमर अधिकारी, लेखराज बुढाथोकी, पूर्णबहादुर शाही, ई.सन्तोष पाण्डे, शिसिर पौडेल, माधव अधिकारी, हिमाल पौडेल लगायतले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य रेशम गिरी, क्यान महासंघ दाङका कार्यबाहक अध्यक्ष कर्णबहादुर पुन, कार्य समिति सदस्य रोशन राना, अमर अधिकारी, शिशिर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै क्यान महासंघले मंगलवार सूचना प्रविधि सम्मेलन गर्ने जनाएको छ । राप्ती इञ्जिनियरिङ कलेजमा दिउँसो १ बजे सम्मेलन हुने छ ।

Facebook Comments