• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा सदरमुकामनजिक बम बिष्फोट




सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ।

रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किँदा बजार क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो।

मध्य दिनमा बम पड्केपछि प्रहरी घटना स्थल पुगेको थियो। रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले सामान्य खालको सुतली बम बिस्फोट भएकोे बताए।

प्रहरीका अनुसार विस्फोटबाट कुनै क्षति भने भएको छैन। विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आएका कारण त्यसको विरोधस्वरूप विप्लव कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

मुख्यमन्त्री पोखरेल जिल्ला आउने भएपछि सुरक्षा ब्यवस्था कडा बनाईएको स्थानीय प्रशासनले बताएको छ।

Facebook Comments